‘महालक्ष्मी साहित्य पुरस्कार’ महाकाव्यकार अर्याललाई प्रदान

काठमाडौँ । २१ औं संस्करण तथा वर्ष २०८० को महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ ।

शनिवार एक विशेष कार्यक्रमका बीच महाकाव्यकार मुना अर्याललाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

तत्कालीन यती फाइनान्स लिमिटेड (हाल महालक्ष्मी विकास बैङ्कसँग मर्जर भएको) बाट भाषा, साहित्यको क्षेत्रमा योगदान पुर्याउने साहित्यकारहरूलाई सम्मान गर्नुपर्छ भन्ने प्रमुख उद्देश्यका साथ वि.सं  २०५९ सालमा स्थापित यस पुरस्कार यस वर्ष मातृभूमि साहित्य समाज, मकवानपुरको संयोजनमा साहित्यकार मुना अर्याललाई प्रदान गरिएको बैंकले जनाएको छ ।

मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यताकमा सञ्चालित उक्त कार्यकारमा यस बैकका बागमती प्रदेश ‘ख’ का प्रदेश प्रमुख र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले संयुक्त रुपमा प्रदान गरेका हुन् ।

यस कार्यबाट नेपालमा साहित्य क्षेत्रको विकास तथा संरक्षण गर्न योगदान पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *