प्रेस विज्ञप्ति

कुमारी बैंक भिजा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित

काठमाडौँ । यहि मिति २०८१ असोज ४ मा VISA International  द्वारा ‘Leadership Conclave Nepal 2024’  सम्मेलनको आयोजना भएको थियो । सो आयोजित Leaders’ Conclave  सम्मेलनमा VISA International  द्वारा कुमारी बैंक लिमिटेडलाई ‘Excellence in Consumer Credit Cards Business’ र ‘Excellence in Cross – Border Business’  अवार्डहरुले सुसम्मानित गरिएको हो ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *