सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई पोखरा लगिँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीलाई पोखरा लैजाने तयारी गरिएको छ । आइतबार पक्राउ परेका उनलाई आज नै विमानमार्फत पोखरा लैजाने तयारी प्रहरीको छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्व डीआईजी समेत रहेका जोशी काठमाडौंबाट पक्राउ परेका थिए । सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित जिवी राई,रवि लामिछाने,कुमार रम्तेललाई कारबाही गर्न सरकार समक्ष सिफारिस गरेको थियो ।

गृहमन्त्री रमेश लेखकले आजै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए । असोज २ गते बसेको मन्त्रीपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *