रास्वपाले चीन गएका नेतालाई फिर्ता बोलायो

काठमडाौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चिन गएका नेताहरुलाई फिर्ता बोलाएको छ ।आइतबार पार्टी कार्यालय वनस्थलीमा भेला भएका रास्वपाका नेताहरूको छलफलले चिन भ्रमणमा गएका आफ्ना नेतालाई फिर्ता बोलाएको हो ।

हकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशी पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछानेले आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएका हुन् ।

सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लापछि नेता,कार्यकर्ता पार्टी कार्यालयमा भेला भएका छन् । आजै प्रहरीले सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी जोशीलाई पक्राउ गरेको छ ।

पार्टी सभापति रवि लामिछानेलाई पनि पक्राउ गर्ने आशंका पछि नेता,कार्यकर्ता भेला भएका बताइएको छ । पक्राउ परेका जोशीको बयानपछि मात्रै लामिछानेलाई पक्राउ गर्ने प्रहरीको तयारी छ ।

रास्वपा नेताहरु चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चिन भ्रमण गएका रास्वपाका नेताहरु सोमबार स्वदेश फर्कने भएका छन् । उनीहरु शनिवार चिन प्रस्थान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *