आईसीसी विश्वकप लिग-२

नेपालको खराब प्रदर्शनको क्रम जारी, तेस्रो खेलमा पनि निकाल्न सकेन जित

काठमाडौं । नेपालले क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको तेस्रो खेलमा पनि हार बेहोरेको छ । सोमवार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ ।

१ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नाभिनित धालिवा र प्रगत सिंहको अर्धशतकको मद्दतमा क्यानडाले सहज जित निकालेको थियो ।

किङ सिटीमा त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । सन्दीपको ओडिआई करियरको यो उत्कृष्ट ब्याटिङ प्रदर्शन हो ।

त्रिकोणात्मक सिरिजमा सोमवार नेपाल र ओमानबीच खेल हुनेछ । ८ टोलीको सहभागिता रहेको लिग टुमा १४ अंकका साथ क्यानडा शीर्ष स्थानमा छ । ७ खेलमा २ अंकका साथ नेपाल अंकतालिकाको पुछारबाट दोस्रोमा छ । ६ खेलमा ओमानको ५ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *