धनुषामा भेन्टिलेसन फोडेर भागे ८ जना थुनुवा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति थुनुवा कक्षको झ्यालको भेन्टिलेसन फोडेर ८ जना थुनुवा फरार भएका हुन् ।

हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरीले सर्च अभियान चलाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *