ओमानमा कार दुर्घटना हुँदा नेपाली युवायुवतीको मृत्यु

काठमाडौं । ओमानमा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । नीज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा नेपाली युवायुवतीको मृत्यु भएको हो ।

राजधानी मस्कटस्थित नेपाली दूतावासकाअनुसार दुर्घटनामा परी रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारु र झापाकी समिता बुढाथोकीको मृत्यु भएको छ । कार सारुले चलाइरहेका थिए । एक्कासि अनियन्त्रित भई दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको हो ।

सारु अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ देखि काम गर्दै आएका थिए भने समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्यूटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *