मलाई यो सरकारले जे पनि गर्न सक्छ, अलर्ट भएर बस्नुहोला : रवि

काठमाडौं । गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेपछि रास्वपाका सभापति रवि लामिछानेले आफू पनि पक्राउ पर्न सक्ने बताएका छन् ।

जोशी पक्राउ परेपछि आइतबार राति पार्टी कार्यालयमा जम्मा भएका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जे पनि गर्न सक्ने भएकाले देशभरका कार्यकर्ता र समर्थकहरूलाई अलर्ट बस्न आह्वान गरे । भने, ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुई तिहाइको छ’, उनले भने, ‘तयार भएर रहनु होला, अलर्टमा रहनु होला ।’

सभापति लामिछानेले सहकारी ठगी प्रकरणमा आफू संलग्न नरहेको भनी छानबिन समितिले प्रतिवेदन दिए पनि सरकारले ‘ट्रायल’ गर्न खोजेको आरोप लगाए । भने, ‘मैले बुझेअनुसार अहिलेसम्म मेरो नाममा पक्राउ पुर्जी जारी भएको छैन, तर ढुक्क हुने स्थिति छैन । सरकार ट्रायल गर्न खोजिरहेको छ। अनुसन्धानको कुन कसीमा उभिनुपर्छ, कहाँ सघाउनुपर्छ म तयार छु, तर एउटा मानिसलाई जसरी निरन्तर लखेट्ने र खेद्ने काम भइरहेको छ, त्यसको प्रतिवाद हुन्छ ।’

सभापति लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बसेर कुरा गर्ने बताएका छन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै रविले सामाजिक सञ्जालमा लेखेकाका छन्, ‘न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू फर्केर आउनूस् बसेर कुरा गरौँ । सहकारीपीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *