मुकुल ढकालको आह्वान- प्रिय रास्वपा मित्रहरू, सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निकालिएका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले पार्टीको सिद्धान्त र मूल्यको रक्षा गर्दै भ्रष्टाचार र ठगीको विरुद्ध कडाइका साथ उठ्न आग्रह गरेका छन् । रास्वपाका सदस्यहरूलाई सम्बोधन गर्दै उनले पार्टीमा कुनै पनि ठग र अपराधीको संरक्षणको नगर्न आग्रह गरेका हुन् ।

रास्वपामा विधिको शासनको स्थापनाका गर्नुपर्ने उनको तर्क छ । ‘तपाईँहरूको ऊर्जा सहकारी ठगको बचाउमा खर्च हुनु दुर्भाग्यपूर्ण हो, हाम्रो उद्देश्य भ्रष्टाचारको अन्त्य गर्दै कानूनी शासनको स्थापनामा सहयोग गर्नु हो,’ डा. ढकालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘व्यक्तिको ठगीलाई जोगाउन पार्टीलाई प्रयोग गर्न नदिनुहोस् । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । यसरी मात्र हामी विधिको शासन स्थापनामा सघाउन सक्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *