पोखरामा सहकारी पीडित र रविका समर्थकबिच भिडन्त

काठमाडौं । पोखरामा सहकारीका पीडित र रास्वपा सभापति रवि लामिछानेका समर्थकबिच भिडन्त भएको छ ।

सहकारी ठगी प्रकरणमा दोषी देखिएका सभापति लामिछानेलाई पक्राउ गर्न माग गर्दै सहकारी पीडितले गरेको प्रदर्शनमा झडप भएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा सूर्य दर्शन सहकारीका पीडित र सभापति लामिछानेका समर्थकहरू आमनेसामने भएका थिए ।

सहकारी पीडितले रविलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरिरहँदा रास्वपा समर्थकले भने पक्रन नहुने भन्दै प्रदर्शन गरेका छन् ।

पोखराको शहीदचोकमा रास्वपाको विरोध प्रदर्शन भएको थियो भने नजिक रहेको प्रशासन कार्यालयअगाडि सहकारी पीडितले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *