बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव – चिकित्सक सिपाईं

काठमाडौँ । नेपालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकहरूको अभाव रहेको पाइएको छ ।

बालबालिकामा हुने क्यान्सर रोगीहरूको संख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरू भने पर्याप्त नभएको चिकित्सक सनी सिपाईंले बताएका हुन् । कान्ति बाल अस्पतालमा कार्यरत उनले बालबालिकामा हुने क्यान्सर रोग उपचारका लागि चिकित्सकहरूको नै अभाव रहेको बताइन् ।

उनले कान्ति बाल अस्पतालमा पनि आफूसहित २ जना चिकित्सकको भरमा उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताइन् । चिकित्सक सिपाईंले सरकारले क्यान्सर अस्पतालहरूको स्तरोन्नति गरेर यसको जाँचका लागि बाहिरको भर पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता पनि औंल्याइन् ।

उनले भनिन् ‘अहिले चिकित्सकहरूको पर्याप्तता छैन । किनभने निश्चित रूपमा धेरैजसो जति पनि सेवा दिइरहेका छन् । यी केन्द्रहरूमा नै छन् । केन्द्रहरुबाट सेवा दिन पनि सबै ठाउँमा पर्याप्त छैनन् । कान्तिको हकमा म र अर्का एक जना चिकित्सक हुनुहुन्छ भने अन्य सेवाहरुमा एक जना वा दुई जना हुनुहुन्छ । जसले गर्दा ती सेवा केन्द्रहरुमा सेवा गर्न पनि केही कठिनाईहरु छन् भने नेपालमा काठमाडौं बाहिर ती सेवा पुर्याउनका लागि अझै पनि पर्याप्त जनशक्तिको अभाव नै छ जस्तो लाग्छ । सरकारले सेवा दिइरहेका अस्पतालहरुमा स्तरोन्नति गर्नुप¥यो । जाँच गर्नका लागि जुन बाहिर पठाउनुपर्ने अवस्था छ, त्यो नेपालमा नै गर्न सकियोस् ।’

बालिबालिकाहरुमा धेरैजसो ब्लड क्यान्सर देखिएको विभिन्न अध्ययनहरूले देखाएको छ । करिब ६० प्रतिशत भन्दा बढी बालबालिकाहरूमा ब्लड क्यान्सर देखिएको चिकित्सक सिपाईंको भनाई छ । उनले त्यसैगरी उनीहरूको बेह्रने ट्युमर, आँखा, नसा र मृर्गौलामा हुने क्यान्सर पनि क्रमशः देखिएको उपचारको क्रममा पाइएको पनि बताइन् ।

चिकित्सक सिपाईले भनिन् ‘बालबालिकामा धेरैजसो ब्लड क्यान्सर देखिने गरेको पाइएको छ । ६०/६५ प्रतिशत जति पनि क्यान्सर छ, त्यो बालबालिकाहरूमा हुने रगतको नै क्यान्सर हो । त्यसपछि ब्रेन ट्युमर, अरू अङ्गहरूमा आँखामा हुने, नशामा हुने, मिर्गौलामा हुने क्यान्सरहरू क्रमशः देखिँदै आएका छन् ।’

नेपालमा वार्षिक करिब १५ सयसम्म बालिबालिकाहरुमा क्यान्सर देखिने प्रक्षेपण छ । त्यही प्रक्षेपणको आधारमा सो रोगका लागि उपचारको व्यवस्था मिलाउने काम गरिएको छ । कान्ति बाल अस्पतालमा मात्रै सो रोग लागेका बालबालिकाहरू वार्षिक रूपमा करिब १६० देखि २ सयसम्म आउने गरेको अस्पतालले जनाएको छ ।

चिकित्सक सिर्पाइले भने ‘नेपाल वार्षिक सरदर हजारदेखि १५ सय जति बालबालिकाहरूमा क्यान्सर रोग देखिने प्रक्षेपण छ । त्यही प्रक्षेपणको आधारमा हामीले हाम्रो कार्यक्रमहरूलाई अगाडि बढाई राखेका छौँ । र कान्तिको नै हेर्ने हो भने पनि वार्षिक १६० देखि २ सयसम्म रहने गरेको छ । त्यस्तै अन्य अस्पतालहरू, जसले त्यो सेवा दिइरहेका छन् । त्यस हिसाबले पनि त्यो प्रक्षेपण गरेर हामीले वार्षिक करिब १५ सय जति हुन सक्छ भनेर अनुमान गरिरहेका छौँ । ’

चिकित्सकहरूले सो रोगको उपचारका लागि नेपालमा करिब ८ लाख रुपैयाँसम्म खर्च हुने जानकारी गराएका छन् । चिकित्सक सिपाईंका अनुसार परीक्षणको लागि खासगरी भारत पठाउनुपर्ने भएकाले उपचार खर्च बढ्न सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *