जनताको चाहनाअनुरुपको पार्टीलाई बन्देज गर्ने कुरा स्वीकार्दैनौँ : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक अस्थिरताका नाममा समावेशी, समानुपातिकलाई घटाउने कुरा स्वीकार गर्न नसकिने बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दुई दल र तीन दलका नाममा थ्रेस होल्ड बढाउने कुरा आफूहरुलाई स्वीकार्य हुन नसक्ने बताए ।उनले नेपाली जनताको चाहनाअनुरुपको पार्टीहरुलाई बन्देज गर्ने प्रयास गरिए राष्ट्रिय स्वतन्त्र पार्टी संविधान संशोधनको पक्षमा नरहने बताए ।

उनले भने,‘राजनीतिक अस्थिरताका नाममा समावेशी, समानुपातिकलाई घटाउने, अनि तपाईंहरुले चाहेको जस्तो दुई दल र तीन दलका नाममा थ्रेस होल्ड बढाउने । नेपाली जनताको चाहनाअनुरुपको पार्टीहरुलाई बन्देज गर्ने प्रयास गरिन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टी त्यो संशोधनलाई स्वीकार गर्दैन । कदाचित स्वीकार्दैन । राष्ट्र निर्माणका आफ्ना इतिहासहरु हुन्छन्, सामान्यतया एउटा विकासको सिद्धान्त, क्रान्ति । त्यसको सिद्धान्तबाट राज्यहरु निर्माण हुन्छन् ।’

प्रमुख सचेतक परियारले आफूले बनाएको संविधानमाथि नै अहिलेका राजनीतिक दलहरुलाई विश्वास नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *