सरकारका सचिवहरुको बैठक : यस्ता छन् २४ निर्णय

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एक नारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको सचिवहरुको बैठकले विभिन्न २४ वटा निर्णय गरेको छ । बैठकले सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने लगायतका २४ वटा निर्णय गरेको हो ।

बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धतालाई प्रत्येक मन्त्रालयले आ–आफ्नो कार्यक्रममा उच्च प्राथमिकताका साथ समावेश गरी कार्यान्वयनलाई शीघ्रता दिने निर्णय गरेको छ ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न क्युआर कोडसहितको एप विकास गरी १५ दिनभित्र लागु गर्ने निर्णय पनि सचिवहरूको बैठकले गरेको छ ।

‘यातायात, मालपोत नापी, वैदेशिक रोजगार, राहदानी, अध्यागमन, जिल्ला प्रशासन कार्यालय जस्ता निकायहरूमा प्रविधिको उपयोग गरी सेवा प्रवाह गर्ने र बिचौलियाको उपस्थिति नहुने विषय सुनिश्चित गर्ने’, मुख्यसचिव अर्यालद्धारा हस्ताक्षरित निर्णयमा भनिएको छ ।

यस्ता छन् बैठकका २४ निर्णयहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *