अर्थमन्त्री पौडेल चीन जादै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार राति चीन प्रस्थान गर्दैछन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *