इजिप्टको अस्वानमा ई. कोलाईको प्रकोपका कारण सयौं मानिस आन्द्रासम्बन्धी रोगबाट ग्रस्त

एजेन्सी । इजिप्टका स्वास्थ्य र जनसंख्यामन्त्री खालिद अब्देल–गफाले दक्षिणी इजिप्टको अस्वान गभर्नोरेटले आन्द्राको फ्लूका घटनाहरूमा वृद्धि भएको बताएका छन् ।

रोगका कारण ४८० बिरामीहरू स्थानीय अस्पतालहरूमा गएका छन् । अब्देल–गफ्फारले अधिकांश बिरामीहरू डिस्चार्ज भइसकेका बताए । ७८ अझै उपचाररत रहेको र ३६ पूर्व–अवस्थित दीर्घकालीन अवस्थाका कारण गहन हेरचाहमा रहेको बताए । मन्त्रीले इ. कोलाई ब्याक्टेरियालाई यस क्षेत्रमा ग्यास्ट्रोएन्टेराइटिसको मुख्य कारणको रूपमा पहिचान गरेको बताए ।

प्रकोपको कारण ढल दुषित पिउने पानीलाई जिम्मेवार ठहर गरिएको छ । प्रकोपको प्रतिक्रियामा आन्द्राको संक्रमणको स्रोतहरूको अनुसन्धान गर्न आवास मन्त्रालय, पेयजल कम्पनी र अस्वान गभर्नोरेटलाई समावेश गरी एक सहयोगी कार्यदल स्थापना गरिएको छ । अब्देल–गफ्फारले जनतालाई पानीको नमूनाहरूको पूर्ण परीक्षणपछि आसवानका सबै पानी स्टेशनहरूमा पानीको गुणस्तर सुरक्षित रूपमा प्रमाणित गरिएको हाे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *