दीपक बोहराको चेतावनी- तिमीहरू नामेट हुन सक्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सह कोषाध्यक्ष दीपक बोहराले प्रतिशोध साँध्न खोजिए जनस्तरले प्रतिरोध हुने बताएका छन् । रास्वपा सभापति रवि लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको बचत रकम अपचलनको आरोपमा लागिरहेका बेला सह कोषाध्यक्ष दीपक बोहराले यस्तो बताएका हुन् ।

उनले सत्तारुढ दलहरूलाई संकेत गर्दै जनस्तरले प्रतिरोध भए नामेट हुनसक्ने चेतावनी दिएका छन् । ‘निर्देशित पूर्वाग्रहमा प्रतिशोध साँध्न खोजिए जनस्तरले प्रतिरोध गर्छ नै,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘त्यसपछि तिमीहरू नामेट हुन सक्छौं, हेक्का राख ।’

सहकारीको बचत रकम अपचलनको आरोपमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ पर्नुको ठूलो असर रास्वपामा देखिएको छ । आइतबार काठमाडौंको शंखमूल क्षेत्रबाट जोशी पक्राउ परेपछि रास्वपा लामिछाने सहित पार्टीपंक्ति आत्तिएको घटनाक्रमहरूबाट बुझ्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *