श्रीलंकाका लागि प्रस्तावित राजदूतले नाम फिर्ता लिए

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले मंगलबार आफ्नो नाम फिर्ता लिएका छन् । भट्टराईले आफ्नो नाम फिर्ता लिएको संसदीय सुनुवाइ समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।

संसदीय सुनुवाइ समितिले उनको स्नातक तह उत्तीर्णको प्रमाणपत्र माग गरेकामा उनले उक्त प्रमाणपत्र नदिएर राजदूतबाट नाम फिर्ता लिएका हुन् । भट्टराईले स्नातक तहको सर्टिफिकेट उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन ।

न्यौपानेका अनुसार समितिको बैठक बसेर उनको निवेदन स्वीकृत हुनेछ । १७ जनाको संसदीय सुनुवाइपछि समितिले १६ जनाको नाम अनुमोदन गरिसकेको छ ।

गत साउन १४ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न १८ देशमा राजदूत नियुक्ति सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *