झापामा १५ दिने पुस्तक मेला शुरु,महावीर पुनको पुस्तक पनि समावेश

काठमाडौं । झापाको बिर्तामोडमा १५ दिने किताव मेला शुरु भएको छ ।

सोमवारबाट शुरु भएको किताव मेला आगामी असोज २३ गतेसम्म चल्ने मेला आयोजक संस्थाहरूमध्ये वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलले जानकारी दिए । मेलामा विभिन्न विधानका कितावहरू राखिएको छ ।

झापाली साहित्यकारहरूले रचना गरेका कितावहरूको छुट्टै स्टल राखिएको छ । वर्तमान अवस्थामा मानिसहरूमा किताव पढ्ने बानी हराउँदै गएकाले पढ्ने संस्कृतिको विकास गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको सिग्देलले जानकारी दिए ।

मेलाले घर/घरमा पठन संस्कृतिको विकास गर्नका लागि मिनी लाइब्रेरी स्थापना गर्न प्रेरित गर्न सहयोग मिल्ने सिग्देलको भनाइ छ । उनले दशैँँमा आफन्तजनलाई किताव उपहार दिने प्रचलन विकास गर्नु मेलाको उद्देश्य रहेको पनि बताए ।

दशैँमा पुस्तक उपहार दिइयो भने त्यसले छुट्टै महत्व राख्ने आयोजक संस्थाहरूको धारणा छ । मेला अवधिभर विभिन्न साहित्यसम्बन्धी अन्तरसंवादका कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *