प्रेस विज्ञप्ति

नेपाली बजारमा मोष्ट अफरडेवल सब–कम्प्याक्ट एस.यु.भी., दायुन युइहु सार्वजनिक

काठमाडौँ । सी.जी. मोटर्सले दायुन युइहु सब–कम्प्याक्ट एस.यु.भी. नेपाली बजारमा सार्वजनिक गरेको छ।

चीनी बजारमा दायुन ग्रुपले ६ वटा उत्पादन केन्द्रहरू बाट वार्षिक १८७०००० गाडिहरू उत्पादन गरेको देखिन्छ । दायुन ग्रुपको उक्त सफलता र अटोमोबाइल सेक्टरमा ३ दशकभन्दा बढी अनुभवलाई मध्यनजर गर्दै सी.जी मोटर्सले दायुन युइहु सब–कम्प्याक्ट एस.यु.भी. नेपाली बजारमा सार्वजनिक गरेको हो ।

चीनको उत्कृष्ट अटोमोबाइल निर्माता, दायुन ग्रुपले चीनमा हेभी ट्रक, लाइट ट्रक, कार, मोटरसाइकल र इन्जिनहरू उत्पादन गर्दै आएको छ र चीनमा दायुन ग्रुप निकै रुचाइएको पनि छ । बिक्री वितरण सुरु गरेको दायुन ग्रुपले सन् २००४ मा कमर्सियल भेहीकल सेगमेन्टमा सेवा विस्तार गरेको थियो भने सन् २०१७ बाट आधिकारिक रूपमा न्यु इनर्जी प्यासेन्जर भेहीकल सेगमेन्टमा पनि प्रवेश गरेको पाइन्छ ।

दायुन युइहु नेपालको बाटोलाई सुहाउँदो र पर्फेक्ट रहेको सी.जी. मोटर्सले जनाएको छ । कम्पनीका अनुसार दायुन युइहुमा ३५ किलोवाटको मोटर रहेको छ जसले १०५ एन.एम. को टर्क जेनेरेट गर्दछ भने यसमा ३०.६६ किलोवाटआवरको ब्याट्री पाउन सकिन्छ । उक्त ब्याट्रीले ३०० किलोमिटर रेञ्ज प्रदान गर्दछ भने २० प्रीतशत बाट ८० प्रतिशत चार्ज गर्न डि.सी. चार्जर मार्फत ५० मिनेट भन्दा कम लाग्दछ ।

दायुन युइहुको मोटर र ब्याट्रीमा उत्कृष्ट ८ वर्ष वा १५०००० किलोमिटरको वारेण्टी पाउन सकिन्छ भने यसको च्यासिसमा कम्पनीले ५ वर्ष वा १२०००० किलोमिटरको वारेण्टी प्रदान गरेको कम्पनीले जनाएको छ ।

दायुन युइहु सब–कम्प्याक्ट एस.यु.भी. मा उत्कृष्ट २०१ एम.एम. को ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । साथसाथै उक्त गाडी फिचर्सहरुले पनि भरिपूर्ण रहेको छ । ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरीङ्ग सिस्टम, एयरब्याग, ए.बि.एस., इ.बि.डि., हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच चिन्डो, पार्किङ्ग रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्सहरु उक्त गाडीमा समावेश गरिएको छ।

नेपाली बजारमा इलेक्ट्रिक भेहीकलहरुको बढ्दो मागलाई ध्यानमा राखी सी.जी. मोटर्सले नेपालका विभिन्न स्थानमा २०० भन्दा धेरै चार्जिङ्ग स्टेसनहरू स्थापना गरिसकेको छ र यो संख्या अझै बढ्दो क्रममा रहेको कम्पनीले दाबी गरेको छ । दायुन युइहु सब- कम्प्याक्ट एस.यु.भी. मा जि.बि.टि. प्रणालीको चार्जिङ्ग प्वाइन्ट रहेको हुनाले सी.जी. मोटर्सले सञ्चालनमा ल्याइसकेका चार्जिङ्ग स्टेसनहरू मार्फत नेपालभर ढुक्कसँग यात्रा गर्न सकिनेछ । दायुन युइहु सब-कम्प्याक्ट एस.यु.भी को मूल्य रू. ३१ लाख रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *