प्रेस विज्ञप्ति

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक भिसा इन्टरनेसनलद्धारा सम्मानित

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) भिसा इन्टरनेसनलद्धारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा ‘Excellence in New Payment Flows- Issuer’ बाट सम्मानित भएको छ ।

काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआईएमबी सम्मानित भएको हो । विगत ४ दशक देखि ग्राहकवर्गहरुलाई गुणस्तर सेवा दिदैं आएको एनआईएमबीले आगामी दिनहरूमा पनि ग्राहकवर्गहरुलाई आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटिएम रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *