सुनको मूल्यले तोड्यो कीर्तिमान, आज कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो चार दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (बुधबार) नयाँ कीर्तिमान बनाएको हो ।

यो दिन सुनको मूल्य ७ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम थियो ।

यो दिन चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १५ रुपैयाँ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *