लेबनानमा इजरायलको ठूलो हवाई आक्रमण, मृत्यु हुनेको संख्या ५५८ पुग्यो

एजेन्सी ।  इजरायल-प्यालेस्टाइन द्वन्द्व शुरु भएदेखि लेबनानमा भएको सबैभन्दा ठूलो इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ५५८ पुगेको छ ।

१ हजार ६४५ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानमा इजरायलको हवाई आक्रमणले इजरायल र हिजबुल्लाहबीचको द्वन्द्वलाई नयाँ उचाइमा पु¥याएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी र पूर्वी लेबनानमा लगभग १ हजार ११० क्षेत्रहरु लक्षित आक्रमण गरेको छ ।

आक्रमण गत सोमवारबाट जारी छ । आक्रमणको अर्को चरणको तयारी भइरहेको बताइएको छ । आक्रमणको क्षेत्रीय र अन्तर्राष्ट्रिय समुदायबाट निन्दा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *