प्रेस विज्ञप्ति

मुक्तिनाथ बैंकद्वारा महिला उद्यमीहरूको लागि वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । मुक्तिनाथ विकास बैंकद्वारा नेपाल महिला उद्यमी महासंघको २१ औँ वार्षिक साधारण सभाको अवसरमा उक्त महासंघमा आबद्ध महिला उद्यमीहरूको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र मार्केटिङ विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण गरे । उक्त कार्यक्रममा महिला उद्यमीहरूले बैंकिङ्ग कारोबार र सेवा सुविधा सम्बन्धी राखेको विभिन्न जिज्ञासाहरूलाई बैंकको तर्फबाट स्पष्ट समेत पारिएको थियो ।

महासंघका अध्यक्ष शोभा ज्ञवालीले उक्त कार्यक्रमबाट महिला उद्यमीहरूलाई बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन मिल्नुको साथै, बैंकको सेवा सुविधा बारे जानकारी भएको र सहभागीहरूको जिज्ञासाहरूलाई स्पष्ट भएकोले आगामी दिनमा बैंकबाट कर्जा उपयोग गर्न सहज हुने बताए । उक्त कार्यक्रममा महासंघको तर्फबाट १५० जना महिला उद्यमीहरू सहभागी भएका थिए ।

बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ भन्ने मान्यता राख्दै साना तथा मझौला व्यापार–व्यवसायहरूलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जाहरू ल्याएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि : ९८०१११००२२, कर्जा सेवाको लागि : ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *