‘दीपल इभी’ का ब्रान्ड एम्बेसडर बने पारस खड्का

काठमाडौँ । पूर्व कप्तान पारस खड्का दीपल इभीको आधिकारिक ब्रान्ड एम्बेसडर बनेका छन् ।

काठमाडौंको मेरियट होटलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएसनका सचिव समेत रहेका खड्कालाई दीपल इभीले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

क्रिकेटर खड्काले दीपल इभीसँग आबद्ध हुन पाउँदा हर्षित भएको बताए ।

उनले भने ‘इनोभेसन र टेक्नोलोजीमार्फत् इभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दीपलसँग आबद्ध हुन पाउँदा खुसी छु।’

उनले धेरै फिचरले भरिएको इभी कम मूल्यमा रहेको बताए ।

कार्यक्रममा प्रबन्ध निर्देशक विवेक सिकारियाले पारसलाई दीपल एस०७ को साँचो हस्तान्तरण गरे । उनले एमएडब्लु वृद्धिका आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दीपल इभीको ब्रान्ड एम्बेसडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए।

दीपल एस०७ केही महिनाअघि सार्वजनिक भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *