अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउन सक्ने

काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउने भएको छ ।

सर्वोच्च अदालतले सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दामा आज फैसला सुनाउने भएको हो ।

अदालतको संवैधानिक इजलासमा सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइका लागि पेशी तोकिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने भएको हो ।

यसअघि सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने मिति पटक पटक तोकिए पनि संवैधानिक इजलासले मिति सार्दै आएको छ ।

सापकोटामाथि काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *