एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ । आइसिसीले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरीयतामा एक स्थान तल झरेर नेपाल १७ औँ स्थानमा पुगेको छ।

यसअघि नेपाल १६ औँ स्थानमा थियो । क्रिकेटर सन्दीप लामिछानेले भने राम्रो सुधार गरेका छन् । उनी एकैपटक ४१ औ स्थानमा उक्लिएका छन् । लामिछाने अघिल्लो वरियताको तुलनामा २२ स्थान माथि उक्लिएका हुन् ।

दिपेन्द्र सिंह ऐरी भने ६ स्थान तल झर्दै ४८ औँ स्थानमा खस्किएका छन् । यस्तै कुशल मल्ल पनि ७ स्थान तल झर्दै ५१ औँ स्थानमा छन् । सोमपाल कामी भने ५३ औँ स्थानमा यथावत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *