भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल साफ १७ वर्ष मुनिको च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २-१ को जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन डंगोलले दोस्रो हाफमा गोल गरेपछि नेपालले भुटानलाई हराएको हो । ५५ औं मिनेटमा आलेले गोल गर्दा ८४औं मिनेटमा डंगोलले गोल गर्दै नेपाललाई जित दिलाएका हुन् ।

नेपाल तीन खेलबाट ६ अंक जोडेर समूह बी को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो । पाकिस्तान समूह बी को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ ।

नेपालले आउँदो शनिवार भारतसँग पहिलो सेमिफाइनल खेल्ने छ । सोमबार फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *