असईसहितका २४ प्रहरी सम्पर्कविहीन भएको सूचना

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी कर्मचारीहरूलाई सात दिने सूचना जारी गरेको छ ।

विगत लामो समयदेखि बिना जानकारी संगठनले खटाएको कार्य क्षेत्रमा उपस्थित नभएको भन्दै हेडक्वार्टरले ७ दिनभित्र स्पष्टीकरणसहित जवाफ दिन प्रहरी सहायक निरीक्षकसहित प्रहरी जवानसम्मका २४ जनालाई निर्देशन दिएको छ । प्रधान कार्यालयले कार्यालयमा उपस्थित नभएमा सेवाबाटै हटाउनेसम्मको कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *