लिभरपुल र आर्सनलले हाने ५-५ गोल

काठमाडौँ । लिभरपुलले वेस्ट ह्यामलाई बुधबार ५-१ ले हराउँदै लिगकपको उपाधि रक्षाको अभियान सुरु गरेको छ । डिफेन्डिङ च्याम्पियन लिभरपुलले एक गोलले पछाडि रहेको स्थितिबाट यो पुनरागमन जित रचेको हो ।

उसका लागि डिएगो कोस्टा र कोडी गाक्पोले दुई/दुई गोल गरे । अर्को खेलमा आर्सनलले बोल्टनलाई पनि समान ५–१ को जित निकालेको थियो । त्यसमा किशोर खेलाडी इथान एनवानेरीले दुई गोल गरे । आर्सनलका लागि उनको यो पहिलो गोल पनि रह्यो । क्लबका लागि १७ वर्षीय खेलाडीले पहिलो पल्ट सुरुदेखि खेल्न मौका पाएका थिए र त्यसको लिग वान क्लबमाथि पूरा फाइदा पनि लिए ।

अर्को खेलमा आर्सनलले पनि बोल्टनमाथि ५-१ को जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा इथन नवानेरीले २ तथा डेक्लान राइस, रहिम स्टर्लिंग र काई हाभर्ट्जले समान १ गोल गरे । बोल्टनका लागि आरोन कोलिन्सले १ गोल गरे ।

खेलको १६औं मिनेटमा राइसले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । नवानेरीले ३७औं र ४९औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता ३-० मा पुर्याए । ५३औं मिनेटमा कोलिन्सले बोल्टनका लागि गोल गर्दै खेल ३-१ मा ल्याए । तर, ६४औं मिनेटमा स्टर्लिंगले आर्सनलका लागि गोल थपे । काई हाभर्ट्जले ७७औं मिनेटमा गोल गरेसँगै आर्सनल ५-१ ले विजयी बन्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *