सुनको मूल्य १ लाख ६१ हजार नजिक, बनायो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो चार दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (बिहीबार) नयाँ कीर्तिमान बनाएको हो ।

यो दिन सुनको मूल्य ३ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *