चीन र भारतबाट फाइदा लिनसके मुलुक बन्छ : उपाध्यक्ष पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालले चीन र भारतबाट फाइदा लिनसके मुलुक विकास गर्न समय नलाग्ने बताएका छन् । उनले भारत विश्वकै तेस्रो र चीन पहिलो ठूलो अर्थतन्त्र भएको मुलुक बन्दै गएको समरण गर्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने उल्लेख गरेका हुन् ।

दुई छिमेकी देशहरु ठूलो अर्थतन्त्र भएको मुलुक बन्दैगर्दा नेपालले त्यसको फाइदा लिनुपर्ने र दुई देशबाट फाइदा लिनसक्ने क्षमता नेपालीहरूमा हुनुपर्ने जिकिर गरे।

उनले भने, ‘भारत अब तेस्रो ठूलो अर्थतन्त्र हुने देश हुन्छ अब । यो ग्यारेन्टी नै छ । केही समयमा चीन पहिलो र भारत तेस्रो ठूलो अर्थतन्त्र भएको देश हुने स्थिति छ । यो दुवै हाम्रो लागि ठूलो अवसर हो । यसलाई प्रयोग गर्ने क्षमता नेपालीहरुमा हुनुपर्छ । म कम्युनिष्ट विचारधाराको मान्छे । सरकारमा पुगेर काम गरेपछि म यो सरकार कम राखेमा हुने रहेछ, कर्मचार कम राख्दा हुने रहेछ भन्नेमा पुगेँ । काम गर्नै दिँदैन, कम गर्न नै तयार हुँदैन । क्यापिटलिजम र सोसलिजमलाई म्यानेज गरेर मात्रै युरोप र चीनले देश बनाएका छन् । यो चिजलाई नेपालका खासगरी हाम्रो ब्युरोकेसी र पोलिटक्सले कमाण्ड गर्न सक्नुपर्छ । निजी क्षेत्रलाई कहिले कहीँ गाली गर्ने, यि व्यापारी हुन्, नाफा खान्छन्, यो त्यो गर्छन् भन्ने आरोप आउँछ । नेता पनि त्यस्तै हुन् गाली खान्छन् । कहिले कहीँ मलाई व्यापारी र नेता एउटै हुन् की जस्तो लाग्छ, दुवैले गाली खान्छन् । गाली खाएँ भनेर छोड्नु हुँदैन । तपाईंहरु अघि बढ्नुस् देश बन्छ । यो बाटोलाई अघि बढाउनुस् । चीन र भारतलाई मात्रै पनि राम्रोसँग हामीले क्याचअप गर्नसक्यौँ भने विश्वको जनसंख्याको झन्डै तीन अर्ब जनसंख्या हामीसँग छ । यसको मात्रै प्रयोग राम्रोसँग गर्नसके नेपाल विकसित मुलुकमा लैजान समय लाग्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *