रविको बोलावटमा भ्रमण छोट्याएर फर्किए रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू स्वदेश फर्किएका छन् ।

उनीहरू पार्टी सभापति रवि लामिछानेको बोलावटमा चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका हुन् ।

गत शनिवार उपसभापति डा.स्वर्णिम वाग्लेसहितको टोली चीन प्रस्थान गरेको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका १४ जना सांसद तथा पार्टीका नेताहरू चीन भ्रमणमा गएका थिए ।

तर, पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ पर्ने देखिएपछि पार्टीले तत्काल स्वदेश फर्किन निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार उनीहरू भ्रमण पुरा नगरेरै स्वदेश फर्किएका हुन् ।

भ्रमण टोलीमा सांसद तथा उपसभापति वाग्ले, सांसद मनिष झा, असीम साह, शिशिर खनाल, डा.तोसिमा कार्की, गणेश पराजुली रहेका थिए ।

सांसदसँगै टोलीमा पार्टीका नेताहरू पनि गएका थिए । वासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, लिमा अधिकारी, तपेश्वर यादव, खुश्बु सरकार श्रेष्ठ शनिवार चिन गएका थिए ।

चीनको भ्रमणबारे भोली पत्रकार सम्मेलन गरेर जानकारी गराइने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *