कार्तिक आर्यनको फिल्म ‘भूल भुलैया ३’ को पहिलो पोस्टर सार्वजनिक

काठमाडौँ । फिल्म ‘भूल भुलैया ३’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ ।

बिहीबार बलिउड अभिनेता कार्तिक आर्यनको मुख्य अभिनय रहेको फिल्म ‘भूल भुलैया ३’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको हो ।

अभिनेता कार्तिकले उक्त पोस्टर आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत सार्वजनिक गरेका हुन् ।

पोस्टरमा रूह बाबा भर्सेस मञ्जुलिका लाई देख्न सकिन्छ । यस पोस्टरले दर्शकमाझ अझै उत्सुकता बढाएको देखिन्छ ।

फिल्मलाई अनीस बज्मीले निर्देशन गरेका हुन् भने कार्तिक आर्यन, विद्या बालन, तृप्ति डिमरी, माधुरी दीक्षित, राजपाल यादवलगायतको अभिनय रहेको छ ।

फिल्म नोभेम्बर १ देखि प्रदर्शनको तयारीमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *