तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

२४ सहायक सीडीओ सरुवा

काठमाडौं । गृह मन्त्रालयले तीन जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । मन्त्रालयले म्याग्दीमा गुरुदत्त ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएको छ । उनी हाल कास्कीमा सहायक सीडीओ थिए ।

यस्तै रुकुम पश्चिममा कुलबहादुर जिसीलाई सीडीओको रुपमा पठाइँदा कालीकोटमा नारायणप्रसाद भट्टराईलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाइएको छ । जिसी र भट्टराई गृह मन्त्रालयबाट जिल्लामा सरुवा भएका हुन् ।

यसैगरी मन्त्रालयले २४ जना उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको समेत जिम्मेवारी हेरफेर गरेको छ ।

हेर्नुहोस् सरुवा गरिएको सूची 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *