सप्तकोसीमा खसेको बसमा सवार सबैको उद्धार

सुनसरी । कोशी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बीचबाट सप्तकोसी नदीमा खसेको बसमा सवा सबै जनालाई सकुशल उद्धार गरिएको छ ।

बिहीबार साँझ खसेको बसमा सवार सबै जनाको सकुशल उद्धार गरिएको र केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

सशस्त्र प्रहरीबल सुरक्षा बेस भारदह र प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट प्रहरी नायव उपरीक्षकको नेतृत्वमा उद्धार गरिएको थियो । बसमा १७ यात्री सवार रहेको प्रहरीले जनाएको छ । बिराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट सप्तकोसी नदीमा खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *