पन्ध्रकिलोमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किए

काठमाडौं । मुग्लिङ-नारायणगढ सडक अन्तर्गत चितवनको भरतपुर-२९ पन्ध्रकिलो भन्ने स्थानमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । मुग्लिङबाट नारायणगढ जाँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र नारायणगढबाट मुग्लिङ आउँदै गरेको बा प्र.०३-००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर गएराति साढे ११ बजेतिर ठोक्किएका हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार घाइते सबै माइक्रो बसका चालकसहितका यात्रु हुन् । दुर्घटनामा घाइते भएकामध्ये १६ जनालाई चितवन मेडिकल कलेजमा उपचार गराइएको छ ।

चारजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्याङ्कर चालक २९ वर्षीय पेमा लामा इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *