दसैँका लागि आइतबारदेखि सुकिला नोट साट्न सकिने
मकालु खबर
२०८१ असोज ११ गते
काठमाडौं । यसवर्षको दसैँका लागि आइतबारदेखि सफा तथा सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैँकका अनुसार यसवर्षको दसैँका लागि असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइने भएको हो ।
बैँकको मुद्रा व्यवस्थापन विभाग, बैँकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाइने बतायएको छ ।
साथै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैँकले जनाएको छ।
मकालु खबर
२०८१ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित