अविरल वर्षाले जनजीवन प्रभावित (तस्बिरहरू)

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावले वर्षा भइरहेको छ । सबै प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ, भने केही स्थानमा घनघोर वर्षा भइरहेको हो ।

दिउँसो देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा घनघोर वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

रातिदेखिको वर्षाले जनजीवन प्रभावित बनेको छ । हवाइ उडान प्रभावित भएको छ भने विभिन्न ४२ जिल्लामा आज र भोलि रातको समयमा गाडी नचलाउन भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *