शुक्रबार झन् महँगियो सुन, तोलाको १ लाख ६१ हजारमाथि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो पाँच दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (शुक्रबार) नयाँ कीर्तिमान बनाएको हो ।

यो दिन सुनको मूल्य ५ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ कायम थियो ।

चाँदीको भाउ भने प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा स्थिर छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३८ हजार २०५ रुपैयाँ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *