विश्वस्तरीय उसु च्याम्पियनसिप ब्रुनाईमा शुरु

काठमाडौं । नवौं विश्व जुनियर उसु च्याम्पियनसिप ब्रुनाईमा शुरु भएको छ ।

अन्तर्राष्ट्रिय उसु महासंघका अनुसार ब्रुनाईमा भएको च्याम्पियनसिपमा विश्वभरका ५० टोलीले भाग लिएका छन् ।

सहभागीहरूले उसु कला र संस्कृतिको आकर्षण देखाउँदै आगामी पाँच दिनसम्म उसु प्रतियोगिता र सांस्कृतिक आदानप्रदानमा संलग्न हुनेछन् । च्याम्पियनसिपमा ८० भन्दा बढी स्वर्ण पदक जित्न बाँकी छ ।

विश्व जुनियर उसु च्याम्पियनसिप, युवा उसु एथलीटहरूको लागि आयोजित एक प्रमुख कार्यक्रम हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *