प्रेस विज्ञप्ति

कुमारी बैंकको दसैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा

काठमाडौँ । कुमारी बैंकले आउँदो विजया–दशमीका अवसरहरूमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरूप दसैँ उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।

घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने यस अफर मार्फत कुमारी बैंकका सेवाग्राहीहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैकिङ्ग प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम रु. ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो योजना अन्तर्गत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसप्रकारको क्यासब्याकले सेवाग्राहीहरूमा विद्युतीय भुक्तानीका माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *