इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई स्कुटर प्रदान
काठमाडौँ । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ ।
उनीहरूलाई काठमाडौं म्याराथन अन्तर्गत स्पोर्टस फेयरमा इन्ड्राइभका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कूटर प्रदान गरेका हुन् ।
योरपेस प्रशिक्षण कार्यक्रमको दौरान आफूले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा विजेताहरू चयन गरिएको जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई पनि ध्यान दिइएको कम्पनीले जनाएको छ । उनीहरूले आफ्नो प्रशिक्षण यात्राको क्रममा सामूहिक प्रशिक्षण सत्रहरूमा निरन्तर सहभागी हुँदै, माइलस्टोनहरू पूरा गर्दै एवम् अन्य धावकहरूलाई समर्थन गर्दै लगनशीलता प्रदर्शन गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उनीहरूको मेहनत र धैर्यले उनीहरूलाई काठमाडौं म्याराथनको लागि तयार बनाएको हो । जहाँ उनीहरूले प्रशिक्षणको क्रममा हासिल गरेका कौशल र सहनशीलता प्रदर्शन गर्ने छन ।
विजेताहरूलाई योरपेस प्रशिक्षण कार्यक्रममा उल्लेखनीय संलग्नता जनाए बापत सम्मानित गरिएको हो । योरपेसमा सहभागिताले चालकहरूलाई काठमाडौं म्याराथनका लागि तयार पार्न मद्दत गरेको कम्पनीले जनाएको छ ।
यो सम्मानले केवल उनीहरूको व्यक्तिगत उपलब्धिहरूलाई पहिचान गर्ने मात्र नभई अरूहरूलाई पनि प्रशिक्षणमा संलग्न हुन र म्याराथनको चुनौतीलाई स्वीकार गर्न प्रेरित गरेको कम्पनीको भनाइ रहेको छ ।
इन्ड्राइभका एसिया प्यासेफिकका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भनिन, ‘हाम्रा लगनशील ड्राइभरहरूको उपलब्धिलाई यसरी मनाउन पाउँदा हामीलाई खुसी लागेको छ । योरपेस पहलहरू मार्फत हामी मानिसहरूलाई व्यावसायिक रूपमा मात्र नभएर व्यक्तिगत रूपमा पनि सशक्त बनाउन चाहन्छौँ । यो क्याम्पेनको सफलताले हामी कसरी एकै ठाउँमा आएर, एक अर्कालाई साथ दिएर अगाडि बढ्न सक्छौँ भनेर उदाहरण देखाएको छ । यो यात्रालाई अझै निरन्तरता दिन हामी उत्साहित छौ ।’
योरपेस प्रशिक्षणमा उत्साहजनक संलग्नता जनाएका एक जना चालकका छोराले ट्याब्लेट प्राप्त गर्न सफल भएका थिए जसले कार्यक्रमको रौनकलाई अझै बढाएको थियो ।
यो कार्यक्रमले आफ्नो ड्राइभर कम्युनिटी र उनीहरूको परिवारको निम्ति सहयोगी वातावरण निर्माण गर्ने इन्ड्राइभको प्रतिबद्धतालाई थप बलियो बनाएको कम्पनीले जनाएको छ । सदैव मित्रता व्यवहार र सामुदायिक संलग्नताको प्रवर्धनमा अग्रसर रहने इन्ड्राइभको प्रतिबद्धता रहेको छ ।