नौबिसे–काठमाडौं सडक अवरुद्ध,आवतजावतमा समस्या

काठमाडौं । पहिरोका कारण नौविसे काठमाडौं सडक अवरुद्ध भएको छ । बिहीबार राति देखी परेको अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुई तर्फी सडक अवरुद्ध भएको हो ।

नौबिसेस्थित सुरुङमार्ग नजिक पहिरो गएको हो ।सडक अवरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् ।

मौसम विज्ञान विभागले आइतबारसम्म भारी वर्षा रहेको बताएपछि बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई दिन रात्रिकालिन बस सञ्चालन नगर्न आग्रह गरेको छ । यस्तै जरुरी अवस्थामा बाहेक यात्रा नगर्न पनि भनेको छ ।

मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिममा रहेको भन्दै सावधानी अपनाउन भनिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *