६० किलो सुन तस्करी प्रकरण : सात जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले करिब ६० किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट पुर्पक्षका लागि थुनामा पठाइएका ७ प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।

शुक्रवार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले प्रतिवादी बनाइएकामध्ये ७ जना आरोपितको निवेदनमा अन्तिम सुनुवाइ गर्दै धरौटीमा रिहा गर्न आदेश गरेको हो । जिल्ला अदालत र उच्च अदालतले थुनामा पठाउने आदेश गरेकामा त्यसलाई बदर गर्दै केहीलाई धरौटी माग गर्ने आदेश गरेको छ भने केहीलाई थुनामा पठाउने निर्णय सदर गरेको छ।

सर्वोच्चले कुमार ढकाल, सन्तोष चन्द, रामकुमार भुजेल, सरोज श्रेष्ठ, राजेन्द्रकुमार राई, शिवकुमार सर्राफ, किशोर कुमार बस्नेतको हकमा धरौटी माग गरेको छ। त्यस्तै सर्वोच्चले टाँसी भन्ने थुप्तेन छिरिङ, हर्कराज राई, दिलीप भुजेल र सुमन खरेलको हकमा पुर्पक्षका लागि थुनामा राख्ने निर्णय सदर गरेको छ।

सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले २०८० असोज १ गते दावाजिन वाङलाई मुख्य अभियुक्त दाबी गर्दै २९ जनाविरुद्ध पाँच मुद्दा दायर गरेको थियो । सङ्गठित अपराधसहितको दाबी अभियोगपत्रमा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *