त्रिशुली नदीमा फसेका दुइ वटा टिपर बाढीले बगायो

काठमाडौं । त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुइ वटा टिपर बगाएको छ । शुक्रवारको भारी वर्षाले नदीमा कामका लागि राखिएका दुई वटा टिपर बगाएको हो । नदीमा फसेका दुई वटा टिपरलाई बाढीले बगाउँदा अरू टिपर,एक्सकाभेटर र लोडर समेत बाढीको उच्च जोखिममा छन् ।

नदीको बीच भागमा रहेका यी साधनहरु पानीको बहाब बढ्दै जाँदा बगाउने जोखिम देखिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनका अनुसार उक्त स्थानमा मान्छे भने छैनन् ।

दुई दिन देखिको वर्षाका कारण त्रिशुली नदीमा पानीको सतह तीव्र गतिमा बढिरहेकोले सवारीसाधन निकाल्न सकिएको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *