काठमाडौंमा घरभित्रै बाढी, अस्तव्यस्त जनजीवन (तस्बिरहरु)

काठमाडौँ । बिहीबार रातीदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेको छ ।  वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न नदी-खोला किनारा डुबानमा परेको हो ।

बल्खुस्थित तरकारी बजार र सुकुम्वासी बस्तीमा पनि बाढी पसेको छ भने ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालय र एन्फा फुटबल मैदानमा पनि बाढी छिरेको छ । झरी र डुबानका कारण उपत्यकाको सवारी आवागमन पनि अस्तव्यस्त बनेको छ ।

बागमतीका सहायक नदीहरू विष्णुमती, धोवीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु,नख्खुलगायतमा जलसतह सतर्कता तह माथि रहेको र केहीमा खतरा पुगेको र बढ्दो रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *