त्रिभुवन विश्वविद्यालयमा कृषिको प्रवेश परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेको छ ।

आजका लागि तोकिएको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निमित्त डीन डाक्टर किशोर चन्द्र दाहालले जानकारी दिए । अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीलाई आवतजावत गर्न समस्या भएपछि परीक्षा स्थगित गरिएको हाे ।

परीक्षा दिनका लागि विद्यार्थीहरू टाढा टाढाबाट काठमाडौँ आउन खोजिरहेका छन् । तर, वर्षाका कारण बिच बाटाेमै अलपत्र परेको त्रिवि स्ववियु सभापति श्याम ओझाले बताए । रपरीक्षाका लागि भने काठमाडौँ आउन लागेका विद्यार्थीहरू बिच बाटोमै अलपत्र परेको भनेर फोन गरिरहेका छन्। कृषिको स्थगित गरिएको छ। अन्यको पनि अहिलेको विषम परिस्थितिलाई मध्यनजर गरेर स्थगित गर्न भनेका छाैँ,’ सभापति ओझाले भने ।

अहिलेको अवस्थामा परीक्षा भन्दा पनि मान्छेको ज्यान ठुलो हुने भएकाले परीक्षा स्थगित गर्न डीन तथा परीक्षा नियन्त्रकलाई अनुरोध गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *