सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । शनिवार गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्धार तथा सहायता प्रभावकारी बनाउने विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो ।

मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा शतर्क रहन गृहमन्त्री लेखकले आग्रह गर्नुभयो । बैठक केही समयअघि सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *