एन्फा एकेडेमीका छ विद्यार्थी पहिरोमा पुरिएको आशङ्का

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका छ जना विद्यार्थी आज बिहानैदेखि सम्पर्कविहीन भएका छन् ।

कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका हुन् ।

उनीहरु पहिरोमा पुरिएका हुनसक्ने सिस्नेरी प्रहरी चौकीका प्रमुख भोषराज न्यौपानेले बताए । उनीहरुको खोजी जारी छ ।

एन्फाले गत वर्षदेखि उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *