जलसतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिए

नवलपरासी । पानीको सतह बढेपछि नवलपरासीस्थित नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठका अनुसार त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ ढोका खोलिएको हो ।

अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा करिब चार लाख क्युसेक पानीको बहाव रहेको छ । सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *